कुरआन र मानवजातिको सृष्टि


कुरआन र मानवजातिको सृष्टि

आमाको कोख भित्र मनुष्यको सृष्टि :
कुरआनका सुरह मोमिनुनको  अनुसार
وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِن سُلَالَةٍ مِّن طِينٍ {12} ثُمَّ جَعَلْنَاهُ نُطْفَةً فِي قَرَارٍ مَّكِينٍ {13} ثُمَّ خَلَقْنَا النُّطْفَةَ عَلَقَةً فَخَلَقْنَا الْعَلَقَةَ مُضْغَةً فَخَلَقْنَا الْمُضْغَةَ عِظَامًا فَكَسَوْنَا الْعِظَامَ لَحْمًا ثُمَّ أَنشَأْنَاهُ خَلْقًا آخَرَ فَتَبَارَكَ اللَّهُ أَحْسَنُ الْخَالِقِينَ {14}
हामीले मनुष्यलाई माटोको निचोडबाट सृष्टिमा ल्याएको (१२) फेरी उसलाई स्थिर ठाउँमा नुत्फाको (थोपा, sperm) आकार दिएको (१३) फेरी त्यो थोपालाई अल्का (जोंक) बनाएको, र अल्कालाई मुज्गामा (चबाइएको आकार)  रुपान्तरण गरेको र मुज्गालाई हड्डीको आकार दिएको र हड्डीलाई मासु लगाएको, र त्यसपश्चात उसलाई अर्कै रचनामा ढालेको, सृष्टिकर्तामा सबै भन्दा राम्रो सृष्टिकर्ता अल्लाह पवित्र हुन्ll (१४)  
And indeed we created man (Adam) out of an extract of clay (Water and earth) (12) Thereafter We made him (the offspring of Adam) as a Nutfah (mixed drofs of the male and female sexual discharge and lodged it) in a safe lodging (womb of the woman). (13) Then We made the Nutfah into a clot (a piece of thick coagulated blood), then We made the clot into a little lump of flesh bones, the We clothed the bones with flesh, and then We brought it forth as another creation. So Blessed is Allah, the best of Creators. (14)
कुरआनका यी आयतहरुमा (verses) मानवजातिको सृष्टिलाई निम्न चरणमा विभाजन गरिएको छ l:
१- नुत्फा ( पुरुष र स्त्रीका मिश्रित शुक्राणु)
२- अल्का (जोंकको आकार )
मुज्गा (चबाइएको आकार)
अजम्  ( हड्डी )
किस्वा लहम अल एजाम ( हड्डीलाई मासु लगाउने )
आमाको कोखमा यी चरणबाट भएर पूर्ण रुपमा मनुष्यको सृष्टि हुन्छ.
कुरआनले यो प्रकिर्याlलाई १४ सय वर्षभन्दा पहिलानै वर्णन गरिसके छ, जतिबेला माइक्रो स्कोप र टेली स्कोपको कुनै अर्थ थिएन र यसलाई ओन्टारियाको महान वैज्ञानिक डाक्टर केथ एल मुरेले  (Dr. Keith L. Moore ) वर्षौंको सोध पश्चात मान्न बाध्य भयो  उहाँको अनुसार it has been a great pleasure for me to help clarify statements in the Quran about human development. It is clear to me that these statements must have come to Muhammed from God, because almost all of this knowledge was not discovered until many centuries later. This proves to me that Muhammed must have been a messenger of God.”
कुरआनले मानिसको विकास सम्बन्धित दिएको बयान(कथन)लाई सिद्ध पार्न मलाई एकदमै खुशी अनुभव भइ रहे छ, निसन्देह यो कथन हजरत मोहम्मद माथि इश्वरबाट आएको हो, किन भने यो ज्ञान उहाँ देखि कति शताब्दी पश्चात पनि थाहा लागेको थिएन र यसले प्रमाणित गर्यो कि हजरत मुहम्मद (उहाँ माथि शान्ति होस् ) पक्कै इश्वरका दूत हुन्

No comments:

Post a Comment