इस्लामका स्तम्भहरु
इस्लामको परिभाषाबाट यो कुरा थाहा भयो कि इस्लामका पाँच वटा स्तम्भहरु छन् :
1. यो स्वीकार गर्नुकि अल्लाह बाहेक कोहि पूजनीय छैन र मोहम्मद स . अ . अल्लाहका दूत हुन्
2. नमाज पढ्नु
3. जकात (इस्लामिक तरिका अनुसार दान ) दिनु
4. वर्त राखनु
5. यदि छमता भए हज (इस्लामिक तिर्थ यात्रा ) गर्नु
यी स्तम्भहरुको वर्णन निम्न बुखारिको हदिसमा (पैगम्बर मुहम्मद स . अ . को कथन)पनि आएको छ।
पैगम्बर मुहम्मद स . अ .ले भन्नुभयो कि "इस्लामका पाँच वटा आधार हरु छन् : यो स्वीकार गर्नुकि अल्लाह बाहेक कोहि पूजनीय छैन र मोहम्मद स . अ . अल्लाहका दूत हुन्, नमाज पढ्नु ,जकात दिनु, हज गर्नु र वर्त राख्नु " (हेर्नुहोस सही बुखरी हदिस न . 8)
No comments:
Post a Comment